भारतमा कोरोना संक्रमण दर घट्दै, पछिल्लो २४ घण्टामा ३२ हजार जनामा संक्रमण

भारतमा कोरोना संक्रमितको संख्या २ महिनायता घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ३२ हजार २७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६ लाख ७६ हजार ८०१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९१ लाख ३८ हजार १७१ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४० हजार ५९० पुगेको छ ।



पछिल्लो २४ घण्टामा थप ३७४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार नाघेको हो ।

सम्बन्धित समाचार