नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ मंसिर ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आइतबार थप एक हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने १२ हजार ९ सय ४८ छ।
त्यस्तै, थप १६ सय २८ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १६ सय १४ पुगेको छ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ६ हजार २ सय २० पीसीआर परीक्षण भएको छ। हालसम्म पीसीआर परीक्षणको संख्या १७ लाख ९० हजार ७ सय ३९ पुगेको पनि मन्त्रालयले जनाएको छ।
