सर्वदलीय बैठक अगाडि बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

सोमबार स्थगित मन्त्रिपरिषद् बैठक आज बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी ओलीको आफन्तको निधन भएपछि सोमबारको बैठक स्थगित भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बैठक केही बेरअघि शुरु भएको जानकारी दिएका छन्। बैठकमा नियमित एजेन्डामै छलफल हुने बालुवाटार स्रोतले जनाएको छ।



आजै सर्वदलीय बैठक पनि बस्दैछ। सर्वदलिय बैठकअघि बसेको मन्त्रीपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार