नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेबाट बसेको बैठक करिव १ घण्टामा सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
बैठकले दक्षिण कोरिया, श्रीलंका र ईजिप्टका लागि तीन राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् सिफारिसमा दक्षिण कोरियाका लागि डा कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल र ईजिप्टका लागि निर्मलराज सुवेदी रहेका छन् । सुवेदी कर्मचारी बाट भएका हुन् ।
प्रधानमन्त्री ओलीले डाकेको सर्वदलीय बैठक पनि आज बालुवाटारमा बस्दैछ ।
