आज थपिए १ हजार ३८२ जना कोरोना संक्रमित, थप २३ जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टायता थप १ हजार ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ।

पछिल्लो अपडेट अनुसार १२ हजार ६८६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा ८ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको छ।



त्यस्तै आजै थप १ हजार ६२१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो सँगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ६३७ पुगेको छ ।

सम्बन्धित समाचार