नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।

कोरोना महामारीका कारण ९ महिनादेखि बन्द ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भोलिबाट खुल्ने भएको छ। सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरी चिडियाखाना खुलाउन लागिएको त्यहाँका प्रमुख डा. चिरञ्जीविप्रसाद पोख्रेलले जानकारी दिएका हुन्।
चिडियाखाना हेर्न जानेले अनिवार्य रूपमा मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ।
एकपटकमा ८ सय जनासम्मलाई प्रवेश दिइने र साढे दुई घण्टाभन्दा बढी समय रहन नपाउने नियम बनाइएको छ।
