नेपालमा घट्न थाले कोरोना संक्रमित, आज थपिए १ हजार ५६ जना मात्र संक्रमित

नेपालमा पछिल्लो समय क्रमश: कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ४८३ जना संक्रमित निको भएर घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।



त्यस्तै, संक्रमणबाट आज थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पीसीआर परीक्षण गरिएको छ।

सम्बन्धित समाचार