कांग्रेसको पदाधिकारी बैठक: सरकारविरूद्ध प्रदर्शनमा केन्द्रीय नेता खटिने निर्णय

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ। मंसिर २९ गते ७७ जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्न लागेको कांग्रेसले उक्त प्रदर्शनको रणनीति तय गर्न आज पदाधिकारी बैठक राखेको थियो।

पदाधिकारी बैठकमा जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रीय सदस्यहरू परिचालन गर्न सकिने विषयमा छलफल भएको थियो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जिल्ला तोकेर केन्द्रीय सदस्यलाई नखटाए पनि जिल्लाहरूमा केन्द्रीय सदस्य जान सक्ने कुरा बैठकमा भएको जानकारी दिए।



सरकारका कामकारवाही र भ्रष्टाचार बढेकोलगायत विषयमा सरकारविरूद्ध कांग्रेसले प्रदर्शन गर्न लागेको हो। गत मंसिर १७ गते दमौलीमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको र पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न अवरोध गरेको भन्दै कांग्रेसले प्रदर्शन गर्ने बताएको थियो।

सम्बन्धित समाचार