‘कमानसिंहले चुनौतीपूर्ण प्रश्न गरेर जानुभयो’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाले ‘कम्युनिष्ट आदर्श’को कुरा गरेर नथाक्नका लागि चुनौतीपूर्ण प्रश्न गरेको बताएका छन् । कमानसिंह लामाप्रति श्रद्धाञ्जली प्रकट गर्दै उपप्रधानमन्त्री पोखरेलले सम्वद्ध कम्युनिष्ट पार्टीलाई गम्भीर सन्देश दिएको बताए।

उनले भनेका छन् ‘कमरेड कमानसिंह लामा अब हामीविच रहनु भएन ! हार्दिक श्रद्धान्जली ! तर वहाँले आफू सम्वद्ध कम्युनिष्ट पार्टीलाई – अझ यसमा आवद्ध ‘कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएकोछ। अलविदा कमरेड कमानसिंह लामा !’



लामाको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसँग अढाई करोड लेनदेन विवाद देखि पारिवारिक विवादको विषय पनि बाहिर आएको छ । यसै विषयलाई संकेत गर्दै पोखरेलले लामाले चुनौतीपूर्ण प्रश्न गरेर गएको बताएका हुन् ।

लामा र श्रेष्ठबीच करोडौंको लेनदेन विवादको भिडियो समेत सार्वजनिक भएको छ । भिडियोमा लामा र श्रेष्ठबीच आठ करोड रुपैयाँको लेनदेन भएको र केही रकम मिलिसकेको खुलेको छ । लामाले साँढे दुई करोड पाउन बाँकी रहेको भिडियोबाट बुझ्न सकिन्छ ।

सम्बन्धित समाचार