आज थपिए १ हजार ४४ जना कोरोना संक्रमित, थप ११ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ। शुक्रबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार १४८ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण भएको छ।

सम्बन्धित समाचार