एकताको हल्ला चलाएर विभाजनको तयारी गर्नुको कुनै तुक छैन: गोकुल बाँस्कोटा

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरू भएको दाबी गरेका छन्। बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताए।

‘कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरू भएको प्रमाणसहित फेला परेका छन्’, नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले भने, ‘यसो भएपछि बाहिर एकताको हल्ला चलाएर भित्र विभाजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन।’



आफूहरू जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभ हानीमा पार्टी विभाजन गर्न नहुने उनको तर्क थियो।

सम्बन्धित समाचार