नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ मंसिर ।

नेपाली कांग्रेसको पुर्व संविधानसभा सदस्य कौसर शाह नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई नेकपामा स्वागत गरेका छन्। पार्टी मुख्यालय धुमबाराहीमा आयोजित कार्यक्रमार्फत् अध्यक्ष दाहालले नेकपामा स्वागत गरेका हुन्।
काठमाडौं महानगरपालिकाको नेपाली कांग्रेसको नगर सदस्य रहेकी उनी विगतमा नेपाल विद्यार्थी संघ पद्यकन्या क्याम्पसमा नेविसंघमा आबद्ध थिइन्। २०६२-०६३ सालको आन्दोलनमा चार पटक हिरासत समेत बसेकी थिइन्।
दोस्रो संविधानसभाको निर्वाचनबाट नेपाली कांग्रेसको मुस्लिम कोटाबाट उनी संविधानसभा सदस्य भएकी थिइन्। उनी सहित विभिन्न पार्टी परित्याग गरेर १ सय ९ जना नेकपा प्रवेश गरेका छन्।
