सुस्त मनस्थिति भएका युवक चितवनबाट हराए, खोजी कार्यमा सघाइदिन परिवारको अपिल

चितवनको नारायणगढस्थित शहीदचोकबाट सुस्त मनस्थिति भएका एक युवक हराएका छन् । वर्ष २२ का बालकृष्ण लामिछाने शनिबार बिहान ८ बजेदेखि हराएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पहेलो ज्याकेट लगाएका र खैरो झोला बोकेका उनी बिहान ८ बजे पदमपुरबाट शहीदचोकमा गाडीबाट उत्रिएको सीसीटीभी फुटेजमा देखिएको र त्यहाँबाट उनी कता लागे भन्ने पत्ता लगाउन नसकिएको चितवन प्रहरीले जानकारी दियो ।



आफ्नो र आमाबाबुको नाम बताउन सके पनि उनले आफ्नो अन्य विवरण भन्न नसक्ने दाजु सीताराम लामिछानेले बताए । उनलाई फेला पार्नुहुनेले नजिकको प्रहरी कार्यालयमा वा फोन नम्मर ९८६६०५३८५७/९८५११३५४७७ मा खबर गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार