सरकार संसदबाट भागेर बालुवाटारमा लुक्योः गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदबाट भागेर बालुवाटारमा लुकेको सरकारलाई ठेगान लगाउन आफूहरू सडक आन्दोलनमा आएको बताएका छन् । सरकारलाई ठेगान नलगाई आफूहरू घर नफर्किने थापाले बताए ।

सरकारविरुद्ध कांग्रेसले गरेको विरोध प्रदर्शनलाई कैलालीको धनगढीमा सोमवार सम्बोधन गर्दै नेता थापाले सरकार भ्रष्टाचारमा लिप्त भएकाले आफूहरू सडक आन्दोलनमा आउन बाध्य भएको बताए । ‘कांग्रेसले यसअघि पनि चाहेको बेला सडक भर्न सक्थ्यो, तर हामीले गरेनौं । अहिले सरकार संसदबाट भाग्यो, बालुवाटारको दूलोभित्र लुकेको सरकारलाई ठेगानमा लगाउन कांग्रेस सडकमा आएको हो,’ थापाले भने ।



कोरोना महामारीको समयमा सरकारले भ्रष्टाचार गरेको भनेर आरोप स्वयं नेकपाकै नेताहरूले लगाएकाले आफूहरूले त्यसको हिसाब–किताब खोज्ने उनले बताए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीविरुद्ध लेखेको दस्तावेजको पनि एक एक हिसाब–किताब माग्ने उनले बताए ।

सम्बन्धित समाचार