नेपालमा कोरोना संक्रमितको संख्या घट्न थाल्यो, मृतकको संख्या भने घटेन

नेपालमा कोरोना संक्रमितको संख्या लगातार घट्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ।



त्यस्तै, यसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय १६ पुगेको छ।

सम्बन्धित समाचार