ओली-प्रचण्डबीच भयो यस्तो सहमति

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच महत्वपूर्ण सहमति भएको छ । उक्त सहमतिसँगै ओली सशर्त अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रचण्डले संसदको विशेष अधिवेशनको माग फिर्ता गर्ने शर्तमा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएको बताइएको छ ।

साथै ओली र प्रचण्डबीच एक अर्काको आरोपपत्र फिर्ता लिएर एउटै प्रस्ताव तयार पार्ने, भदौ २५ पछिका सबै विवाद खारेज गर्ने, पुराना आरोप पत्र फिर्ता लिएर सहमतिमा नयाँ प्रस्ताव तयार पार्ने सहमति भएको बालुवाटार स्रोतले बताए पनि प्रचण्ड नेपाल समूहले अन्य सहमति नभएकाे बताएकाे छ ।



यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक शुरु भएको थियाे । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका थिए । स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

स्थायी कमिटीको बैठकअघि बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच दुईपटक वार्ता भएको थियो । पहिलो भेटमा टसमस नभएको ओली संसदको विशेष अधिवेशन बोलाउने प्रचण्ड माधव नेपाल समूहको तयारीपछि अध्यादेश फिर्ता लिन तयार भएका थिए ।

सम्बन्धित समाचार