थपिए ७३६ कोरोना संक्रमित, थप १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८ सय ४७ जना रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ जना रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसंगै कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७४३ जना पुगेको छ ।



सम्बन्धित समाचार