
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले सरकारले जारी गरेको अध्ययादेश र सांसदहरूले विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता गर्न लागेको निवेदन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको छ ।
साथै बैठकले स्थायी कमिटीको अर्को बैठक ५ पुसमा बस्ने र १० पुसमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले संवैधानिक परिषद्को बैठकले केही पनि निर्णय नगरेको जानकारी गराउँदै अध्यादेश फिर्ता लिने बताएका थिए ।
यसअघि ओली र प्रचण्डबीच एक अर्काको आरोपपत्र फिर्ता लिएर एउटै प्रस्ताव तयार पार्ने, भदौ २५ पछिका सबै विवाद खारेज गर्ने, पुराना आरोप पत्र फिर्ता लिएर सहमतिमा नयाँ प्रस्ताव तयार पार्ने सहमति भएको बताइएपनि प्रवताले यसबारे कुनै प्रतिक्रिया दिएनन् ।
