
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश फिर्ता हुनुअघि बैठक नबोलाउन चेतावनी दिएपछि ओलीले संवैधानिक परिषद्को बैठक स्थागित गरेका हुन् ।
परिषदकाे बैठक बोलाएको थाहा पाएलगत्तै प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा परिषद् बैठक स्थगित गर्न र तत्काल अध्यादेश फिर्ता लिन प्रचण्डले चेतावनी दिएको थिए । ‘अध्यादेश फिर्ता गर्ने निर्णयबाट पछि हट्नुभएको हो भने हामी अगाडि बढ्छौं’ भन्दै प्रचण्डले अध्यादेश फिर्ता हुनुअगाडि संवैधानिक परिषद बैठक बस्न नसक्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीले बिहीबार बेलुका ५ बजे संवैधानिक परिषद बैठक बोलाएका थिए। यसअघि बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर ओलीले उक्त अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषदको बैठक बोलाएका थिए।
प्रधानमन्त्री ओलीले आजै साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
