स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको लेखा समितिको ठहर, कारबाही गर्न निर्देशन

संसद्‍को सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ। समितिको शुक्रबार बसेको बैठकले अनियमितता भएको ठहरसहित खरिद प्रक्रियामा संलग्नहरुलाई कारबाही गर्न निर्देशन दिएको छ।

समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो।



समितिले सामाग्री खरिदमा प्रचलित कानुन र प्रक्रिया मिचेको भनेको छ। समितिले बजारमा तोकिएको भन्दा बढी मूल्यमा खरिद गरी भ्रष्टाचार भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अनुसन्धान गरि मुद्दा चलाउन पनि निर्देशन दिएको छ।

सम्बन्धित समाचार