प्रचण्ड-माधवको गुट भेलामा गएनन् वामदेव, फेरि गुट परिवर्तन गरेको चर्चा

नेकपा उपाध्यक्ष वामदेव गौतमले गुट परिवर्तन गरेको बताइन्छ । गत बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको अभिव्यक्ति दिएका थिए । ओलीको सोही आश्वासनपछि गौतम पुनः ओली गुटमा प्रवेश गरेको स्रोतको दाबी छ ।

आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले डाकेको गुट भेलामा गौतम अनुपस्थित थिए। पार्टीको एउटा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित प्रचण्ड-नेपाल समूहका जिल्ला अध्यक्ष र सचिवहरूको जिल्ला भेलामा उपाध्यक्ष गौतम अनुपस्थित भएर गुट परिवर्तनको सन्देश दिएको चर्चा नेकपामा छ ।



पार्टी सचिवालयमा रहेका पाँच भाइमध्ये, दाहाल, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ उपस्थित भए पनि गौतमले उपस्थित नभएरसँग उनका विषयमा विभिन्न टिकाटिप्पणी शुरु भएको छ ।

यसअघि पनि नेकपामा आन्तरिक विवाद उत्कर्षमा रहेकै बेलामा गौतमल ओलीको पक्षमा उभिएर नेकपा विवादलाई ढिसमिश गर्न सफल भएका थिए । तर ओलीले आफूलाई राष्ट्रिय सभामा लैजान तयार नभएको भन्दै उनी पुनः प्रचण्ड-नेपाल समूहमा सक्रिय भएका थिए ।

सम्बन्धित समाचार