प्रचण्डलाई फकाउन ओली आफैं पुगे खुमलटार

पार्टीभित्र जारी विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न अहिले खुमलटार पुगेका छन्। शुक्रबार साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओली पुनः प्रचण्डसँग छलफल गर्न आज बिहान उनकै निवास गएका हुन्।

सत्तारूढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसँग आज भेट्न खुमलटार आउँछु भनेर हिजै भनेका थिए । शुक्रबार साँझ ५ बजे बालुवाटारमा भएको भेटमा ओलीले आफू खुमलटार आएर चिया पिउने बताएका थिए।



ओलीले प्रचण्डसँग भने, ‘म भोलि चिया पिउन खुमलटार आउछु, त्यहाँ छलफल गरौं।’ प्रचण्डले आफू पटकपटक बालुवाटार धाउन परेको संकेत गरेपछि ओलीले यस्तो भनेका थिए।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली पार्टीभित्रबाट थप दबाबमा परेका छन्। उनले अध्यादेश अझै फिर्ता गरेका छैनन्। यहीबीच ओली-प्रचण्ड भेट भएको हो । ओली प्रचण्डको भेटअघि आजै बिहान महासचिव विष्णु पौडेल पनि प्रचण्ड निवास खुमलटार पुगेरे वार्ता गरेका थिए ।

सम्बन्धित समाचार