काठमाडौं महानगरका विद्यालय अझै एक महिना बन्द रहने

कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका काठमाडौं महानगरपालिकाका विद्यालयहरु अझै एक महिना बन्दनै रहने भएका छन् । काठमाडौं जिल्लाका अन्य १० वटा पालिकामा विद्यालयहरु खुलेपनि कोभिड-१९ को संक्रमण बढ्न सक्ने भन्दै महानगरभित्रका विद्यालय अझै बन्दनै रहने भएका छन् ।

काठमाडौंका अन्य पालिकाहरुले आशिंकरुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरे अनुरुप विद्यालयहरु सञ्चालन भैरहेका छन् । ती विद्यालयहरुले भौतिक दुरी तथा स्वास्थ्यको मापदण्ड कायम गर्दै आलोपालो प्रणालीमा कक्षा सञ्चालन गर्दै आएका छन् ।



आंशिक रुपमा विद्यालय सञ्चालन गर्दा अनलाईन प्रविधिमा जोडिन नसकेका विद्यार्थीकालागि प्रभावकारी देखिएको शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंले जनाएको छ ।

हाल काठमाडौं महानगरपालिकामा ९३ वटा सामुदायिक र ६ सय ४२ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । ती विद्यालयहरुमा करिब १ लाख ४० हजार विद्यार्थी अध्ययन गर्छन् । विद्यालय सञ्चालन भएपछि कोभिड-१९ को संक्रमण बढेको नपाइएकोले काठमाडौं महानगरपालिकामा समेत विद्यालय सञ्चालन गर्नुपर्ने माग अभिभावकहरुको छ ।

सम्बन्धित समाचार