नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु कार्यकारी अध्याक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुग्नेक्रम जारी छ । प्रधानमन्त्री केपी ओली र उपाध्यक्ष वामदेव गौतमपछि वरिष्ठ नेता माधवकुमार नेपाल पनि प्रचण्ड निवास पुगेका छन्।
यसअघि शनिबार बिहान ११ बजे प्रधामन्त्री केपी शर्मा ओली, पौने १२ बजे उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड निवास पुगेका छन्। तीन नेताहरुबीच छलफल भइरहेकै समयमा वरिष्ठ नेता नेपाल पनि प्रचण्ड निवास पुगेका हुन्।
पार्टीको जारी विवादको समाधान खोज्ने प्रयासस्वरुप नेकपा नेताहरु वार्तामा जुटेका हुन् । यद्यपी नेता नेपाल खुमलटार पुगेलगत्तै प्रधानमन्त्री ओली प्रचण्ड निवासबाट बाहिरिएका छन्।
