नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।

पछिल्लो समय समग्र नेपालमा कोरोना संक्रमितको संख्यामा कमी आएपनि लमजुङमा संक्रमितको संख्या बढिरहेको छ । शनिबार मात्र त्यहाँ ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारीअनुसार ३९ जनामा सबै संक्रमित सुन्दरबजार नगरपालिकाका हुन् । उनीहरुमध्ये अधिकांश होम आइशोलेसनमा रहेका छन् भने केहीलाई स्वास्थ्य केन्द्रमा लगिएको छ ।
यससँगै लमजुङमा कोरोना संक्रमितको संख्या ८३६ पुगेको छ । संक्रमितमध्ये ६७४ जना भने उपचारपछि निको भएका छन् भने ५ जनाको निधन भैसकेको छ ।
