आगामी वैशाख २३ मा आम निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल वैशाख २३ मा आम निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको दुई तिहाईनिकट शक्ति रहेको संसद विघटन गरी ताजा जनादेशका लागि २०७८ बैशाख २३ गतेको मिति प्रस्ताव गरेका हुन् ।

आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर संसद् विघटनको प्रस्ताव पारित गराएका प्रधानमन्त्री ओली राष्ट्रपतिसमक्ष आफ्नो प्रस्ताव लिएर शीतलनिवास गएका छन् ।



संसद विघटन गरी नयाँ निर्वाचनमा जाने प्रधानमन्त्रीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेमा नयाँ संविधानपछि बनेको पहिलो संसद पनि अकालमै मृत्युवरण गर्न बाध्य हुने छ ।

सम्बन्धित समाचार