यी पाँच मन्त्रीको असहमतिबीच ओलीले गरेका थिए संसद विघटन सम्बन्धी निर्णय

प्रधानमन्त्री केपी ओलीले पाँच मन्त्रीहरुकै असहमतिका बीच संसद विघटनको निर्णय गरेका छन् । मन्त्रिपरिषद बैठकमा पाँच मन्त्रीले असहमति राख्दा राख्दै प्रधानमन्त्री ओलीले विघटन सम्बन्धी निर्णय गरेका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीको प्रस्तावमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुषाल, पर्यटनमन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदशेय त्रिपाठीले  असहमति राखेका हुन् ।



तर प्रधानमन्त्री ओलीले आफु विघटनको निष्कर्षमा पुगिसकेको भन्दै फरक मत राख्नेको कुरा नसुनेको बुझिएको छ । मन्त्रिपरिषद्को सिफारिस बारे यतिवेला चौतर्फी विरोध भैरहेको छ ।

सम्बन्धित समाचार