ओली पछि हटेका हुन् ? राष्ट्रपति कार्यालय भन्छ-संसद् विघटनको प्रस्ताव आएको छैन

राष्ट्रपति कार्यालयले संसद् विघटनसम्बन्धी कुनै प्रस्ताव नआएको बताएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री राष्ट्रपतिसँग भेट गरेर फर्किए पनि अहिलेसम्म कुनै लिखित प्रस्ताव राष्ट्रपति कार्यालयमा गएको छैन ।

‘अहिलेसम्म मन्त्रिपरिषद्‌को कुनै पनि लिखित प्रस्ताव राष्ट्रपति कार्यालयमा आएको छैन,’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले भने, ‘प्रधानमन्त्री राष्ट्रपतिसँग भेट गरेर फर्कनुभएको छ । तर, कुनै प्रस्ताव यहाँ आएका छैनन् ।’



संसद विघटन प्रस्तावको चौतर्फी विरोध भएपछि र राष्ट्रपतिसँग थप परामर्शपनि ओली पछि हटेको हुनसक्ने आँकलन पनि भैरहेको छ ।

सम्बन्धित समाचार