प्रचण्ड-नेपाल समूहका मन्त्रीलाई राजीनामा दिन निर्देशन

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिइएको छ। उनीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

सो समूहका मन्त्रीहरु घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, विना मगरलगायतका मन्त्रीहरुले सामूहिक राजीनामाका सम्बन्धमा परामर्श गरिरहेको स्रोतले जानकारी दियो ।



केही मन्त्रीको विरोधका बाबजुद ओलीले आइतबार बिहान प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेसँगै प्रतिक्रिया स्वरुप नेकपाको दाहाल-नेपाल पक्षले आफू निकट मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो

नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रचण्ड र नेपाल दुवैले आफू निकट रहेका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

यता आज नै स्थायी कमिटी बैठक बसेर ओलीलाई अनुशासनको कारवाही गर्ने तयारी भैरहेको नेकपा स्रोतले बतायो ।

सम्बन्धित समाचार