प्रेमकुमार राई अख्तियार प्रमुखमा सिफारिस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्। संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको परिषद् सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए।

उनले अन्य निकायहरुमा पनि नियुक्ति सिफारिसको निर्णय भएको बताए। ‘निर्णय सार्वजनिक भयो कि भएन मलाई थाहा छैन तर नियुक्तीको निर्णय ३० गते भएको हो,’ तिमिल्सिनाले भने, ‘रिक्त रहेका धेरैजसो संवैधानिक निकायमा नियुक्तिको सिफारिस भएको छ।’



सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो। लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो। अख्तियारमा सिफारिस भएका राई प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन्।

आइतबार संसद विघटन भएपछि मात्र राईको सिफारिस सार्वजनिक गरिएको हो ।

सम्बन्धित समाचार