४ बजेलाई बोलाइयो सुरक्षा परिषद बैठक, संकटकाल लाउनेबारे छलफल हुने

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् । राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका प्रधानमन्त्रीले राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएसँगै सम्भावित सुरक्षा संकटका विषयमा छलफल गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका हुन् ।

राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष प्रधानमन्त्री स्वयं हुन् । यसबाहेक परिषदका सदस्यहरु रक्षामन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्री, अर्थ मन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति हुन्छन् । अहिले रक्षा मन्त्री पनि प्रधानमन्त्री स्वयं हुन् । गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थ मन्त्री विष्णु पौडेल, मुख्य सचिव शंकरदास बैरागी र प्रधानमसेनापति पूर्णचन्द्र थापा छन् ।



बैठकमा संकटकाल लगाउने विषयमा पनि छलफल हुने बताइएको छ । संसद विघटनको चौतर्फी विरोध भएकोले संकटकाल लगाउने तयारीमा ओली रहेको स्रोतको दाबी छ । बैठकमा सम्भावित सुरक्षा खतरा र त्यसका लागि उठाउनुपर्ने कदमबारे छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार