सात जना मन्त्रीले दिए सामूहिक राजीनामा

पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएकामध्ये ७ जनाले राजीनामा दिएका छन्। पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्‍तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका छन्।

यसैगरी माधव नेपाल समूहबाट मन्त्री भएका घनश्याम भुसाल र योगेशकुमार भट्टराईले पनि राजीनामा दिएका छन्। गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन्।



उनीहरू दुवै पूर्व माओवादी समूहबाट मन्त्री भएका थिए। पछिल्लो समय प्रचण्डसँग असन्तुष्ट रहेका उनीहरु ओली समूहमा सक्रिय थिए ।

सम्बन्धित समाचार