
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । नेकपाको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको भत्र्सना गर्दै चारवटा निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यो प्रस्ताव पर्सि ७ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने प्रवक्ताको भनाइ थियो ।साथै बैठकले स्थायी कमिटीमा खाली रहेको एक स्थानमा कृष्णबहादुर महरालाई ल्याउने निर्णय गरेको छ ।
