
कांग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि सिटौला दश दिनदेखि घरमै आइसोलेसनमा बसेका थिए ।
उनलाई सुरुदेखि नै लक्षणसमेत देखिएको थियो । तर, चिकित्सकको सल्लाहबमोजिम घरमै बसेर उपचार गराइरहेका सिटौला आइतबार अस्पताल भर्ना भएका हुन् । उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ ।
सिटौलालाई खोकी बढेको छ । थप निगरानीका लागि अस्पताल भर्ना गरिएको चिकित्सकले बताएका छन् ।
