
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताएका छन्। प्रधानमन्त्री केपीओलीले आइतबार संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा गरिसकेका छन्। तर नेकपा सांसदसमेत रहेका उनले संविधानअनुसार संसद जीवितै रहेको बताएका हुन्।
‘संविधानअनुसार संसद जीवित नै छ,’ शर्माले आइतबार बिहान फेसबुकमा लेखेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन सिफारिस गरेको र राष्ट्रपतिबाट अनुमोदन भएकोमा नेकपाभित्रैबाट विरोध भइरहेको छ।
ताजा जनादेशका लागि भन्दै सरकारले बैशाखमा निर्वाचन गर्ने बताएको छ। ओलीको यो कदमसँगै नेकपामा फुट आउने देखिएको छ ।
