संसद विघटन प्रतिगामी कदम होः बादल समूह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रामबहादुर थापा समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् । थापाले सोमबार आफू निकट नेताहरुलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर छलफल गरेका थिए ।

पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए । भेलामा सहभागी सबैको एउटै स्वर थियो, ‘यो कदम प्रतिगामी हो, यसमा हामी मुकदर्शक भएर बस्न सक्दैनौं ।’



जवाफमा बादलले भने परामर्श गरेर निर्णय दिन्छु भनेको एक नेताले जानकारी दिए । आज बालुवाटारमा भएको ओली पक्षको भेलामा भने बादल सहभागी भएका थिएनन् ।

सम्बन्धित समाचार