देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन, प्रचण्ड-नेपाललाई आरोपै आरोप

प्रधानमन्त्री केपी ओलीले सरकारलाई काम गर्न नसक्नेगरी घेराबन्दीमा पारेपछि संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जानु परेको बताएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जानुपर्ला भन्ने कसैले नसोचेको भए पनि बाध्य त्यस दिशामा जानुपरेको बताएका हुन्।

उनले सरकारलाई काम गर्न नदिनेगरी घेराबन्दी गरेर काम गर्न नदिएको बताए।‘जननिर्वाचित सरकारलाई असहयोग, घेरबन्दी गरेपछि सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन्’, प्रधानमन्त्री ओलीले भने।



ओलीले आफू देशबाहिर रहेको बेला देश डुब्न लागेको भन्दै आफ्ना पार्टीका नेताहरुले प्रचार गरेको पनि आरोप लगाएका छन् । उनले एक अध्यक्षले पार्टी र अर्को अध्यक्षले सरकार चलाउने भने पनि सो अनुरुप पार्टी चल्न नसकेको बताए ।

उनले भने,“यो बीचमा पार्टी एकताका काम कति भए । जनता संकटमा रहेका बेला जनपरिचालन कति भयो । यो सबै देखिएकै छ ।”

सम्बन्धित समाचार