
विकसित घटनाक्रमले फुटउन्मुख देखिएको नेकपामा ओली पक्ष फेरी अफ्ठ्यारोमा परेपछि सरकारले राजनीतिक दल बिभाजन गर्न सहज हुने अध्यादेश जारी गर्ने तयारी गरेको छ । केन्द्रीय सदस्यमा प्रचण्ड-नेपाल समूहमा भारी बहुमत भएकाले तत्कालको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन सक्ने अवस्था छैन । यो अवस्थालाई मध्यनजर गरेर ओलीले आफ्नो अनुकुल हेरेर आजै अध्यादेश जारी गर्ने तयारी गरेको बुझिएको छ ।
केन्द्रीय समितिमा ४० प्रतिशत अपुग भएपछि आफुसँग जति हुन्छन् त्यसैलाई हेरर अध्यादेश जारी गर्ने तयारी गरेका छन् । राजनीति दलसम्बन्धी ऐन २०७३ मा केन्द्रीय समिति र संघीय संसदका ४० प्रतिशत सदस्य हुनुपर्ने प्रावधानले ओली पक्ष संकटमा देखिएको हो । स्रोतका अनुसार केन्द्रीय समिति र संघीय संसदका ४० प्रतिशत सदस्य नपुग्ने भएपछि ओलीले अध्यादेश जारी गर्ने तयारी गरेका हुन् ।
केन्द्रीय कमिटीमा ओली पक्षको बहुमत पुग्ने सम्भावना छैन । त्यस्तो अवस्थामा उनले माउ पार्टीको आधिकारिता पाउने छैनन् । पार्टी विभाजनका लागि चाहिने ४० प्रतिशत पनि पुर्याउन कठिन हुने अवस्थामा उनले आफूलाई सहज हुने गरी अध्यादेशमार्फत ऐन संशोधनसमेत गर्न सक्ने अुनमान लगाइएको छ ।
