
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । अध्यक्ष केपी ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताए ।
श्रेष्ठको ठाउँमा परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई नियुक्ति गर्ने निर्णय भएको छ । ओलीले आज थपेका नयाँ ५५६ जना केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई शपथ खुवाएका छन्।
मंगलबार थपिएका ५५६ जनामध्ये बालुवाटारमा उपस्थितहरूलाई प्रधानमन्त्रीले सपथ खुवाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। यसअघि आजैको बैठकमा उनले १९७ जना पछि थप्ने गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए ।
