दलको नाम र चुनाव चिन्ह आफूले लिन ओलीले रचे नयाँ योजना

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी केन्द्रीय समितिमा सदस्य संख्या थप गरेका छन् । बालुवाटारमा बोलाइएको भेलामा प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य थप गर्नुको उद्देश्य भने ‘नेपाल कम्युनिष्ट पार्टी’ दाबी गर्ने रणनीति अनुसार भएको बताइएको छ ।

हाल नेकपा केन्द्रीय समितिमा ४४१ सदस्य छन् । ओलीले आफूलाई बहुमत देखाउन नयाँ सदस्य संख्या थप गर्न लागेका हुन् ।केन्द्रीय समिति नयाँ सदस्य संख्या थप गर्ने निर्णय गर्दै निर्वाचन आयोगमा त्यो सूची दर्ता गर्ने तयारी गरेको ओली पक्षको छ ।



यसअघि नेकपा एमाले ब्युँताउने र नया दल बनाएर जाने रणनीतिमा भएको ओली समूह एकाएक पार्टीमा बहुमत पुराएर दल र चुनाव चिन्ह आफूले लिने रणनीतिमा लागेको हो ।

हालको केन्द्रीय समितिमा ४० प्रतिशत पनि पुग्‍न नसक्ने देखिएपछि नयाँ सदस्य संख्या थप्दै निर्वाचन आयोगमा सूची बुझाउने तयारी गरेको हो ।

सम्बन्धित समाचार