
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव दर्ताको समयलाई लिएर धेरै टीका-टिप्पणी भएपछि संसद् सचिवालयले स्पष्टीकरण दिएको छ।
गत पुस ५ गते संसद् सचिवालयमा १०ः३० बजे प्रस्ताव दर्ता भएको भनेर सञ्चारमाध्यममा समाचार आएपछि सचिवालयले आपत्ति जनाउँदै दिउँसो ३ः३० बजे नै कार्यव्यवस्था शाखामा दर्ता भएको प्रष्ट पारेको हो।
प्रधानमन्त्री ओली पूर्णरूपमा असफल भइसकेको भन्दै नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अविश्वासको प्रस्ताव दर्ता भएको सूचना पाएका प्रधानमन्त्री ओलीले सोही दिन आकस्मिक मन्त्रिपरिषदबाट डाकेर संसद् विघटनको सिफारिस गरेका थिए।

