
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्ष ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेको छ। वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाण र मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित स्थायी समिती सदस्य लीलामणि पोखरेल लागयतका नेता आयोग पुगेका हुन्।
आधिकारिकताका लागि चाहिने सबै प्रमाणहरु पु-याएर आफूहरु आयोगमा आएको नेता पोखरेलले बताए।
‘हामी वैधानिक हौं भन्ने सबै प्रमाण लिएर आएका छौं’, नेता पोखरेलले भने, ‘केहीबेरमा दर्ता प्रक्रिया अगाडि बढ्छ।’
