नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा पुष्पमकल दाहाल प्रचण्डलाई चयन गरेको छ। संसदीय दलको नेतामा चयन भएपछि प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्ष संघर्ष गरेर प्राप्त गरेको उपलब्धि अपहरण गरेको बताए। नयाँ बानेश्वरमा जारी दाहाल–नेपाल समूहको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले आफूहरु पार्टी र संसदीय दल दुबैमा अघि रहेका बताए। उनले भने, ‘पार्टी र संसदीय दल दुबैमा अघि छौँ। हामीलाई मर्यो भनेपनि बाँचिरहेका छौँ। को मर्यो ? त्यो जनताले थाहा पाइसक्नु भएको छ। देश बाहिर पनि निकै ठूलो चासो र ओलीको कदमलाई विरोध गरिएको छ।’



ओलीको कदम आश्चर्यजनक रहेको प्रचण्डको भनाइ छ। प्रचण्डले आफू अब संसदीय दलको नेता बनेको र थपिएको चुनौती सामना गर्न तयार रहेको बताए। बैठकमा नेकपाका १७४ मध्ये ९३ सांसदको सहभागिता रहेको थियाे।

सम्बन्धित समाचार