दोस्रो वरियता पाउने भएपछि बादल गए ओली पक्षमा

सरकारका गृहमन्त्री समेत रहेका नेकपाका नेता रामबहादुर थापा बादल प्रधानमन्त्री केपी ओलीको कित्तामा उभिएका छन् । लामो मन्थन र बार्गेनिङपछि बादल बालुवाटारलाई साथ दिने निष्कर्षमा पुगेको उनीनिकट स्रोतले बतायो। दुवैतर्फ लामो समय नखुलेका बादल प्रधानमन्त्री ओली पक्षमा दोस्रो वरियता सहित जाने निश्चित भएको छ ।

पूर्वमाओवादीको कोटाबाट मन्त्री बनेका बादलसँग आफ्नै छुट्टै गुट समेत छ । उनको गुटमा करिव २ दर्जन नेताहरू छन् तर, उनले ओलीलाई साथ दिने भएपछि धेरै नेताहरूले उनलाई साथ नदिने बताएका छन् ।



प्रचण्ड(नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिँदा र पार्टीबाट चर्को दवाव आउँदा समेत उनले मन्त्री पद छाडेका थिएनन । पछिल्लो समय उनले बैठक भन्दा परामर्शलाई व्यापकता दिएका थिए ।

बादलनिकट मानिने केही नेताकार्यकर्ताले पनि उनलाई प्रचण्ड–नेपाल समूहमै लाग्न दबाव दिँदै आएका थिए ।

सम्बन्धित समाचार