
चिनियाँ राजदूत होउ यान्छीले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन्। राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी विहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्।
स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको थियो। उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ। उनले ओली समूहसँग एक हुनसक्ने अवस्थाका बारेमा जिज्ञाशा राखेको स्रोतको दाबी छ ।
यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।
