पार्टी विरोधी गतिविधि गरेको भन्दै ओली समूहद्वारा प्रचण्डलाई कारबाही, सातै प्रदेशका संयोजक तोकियो

ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारबाही गरेको छ।

विहीबार बालुवाटारमा बसेको बैठकले प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाएको अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए।



साथै ओलीले पार्टीका सातै प्रदेशमा संयोजक तोकेका छन् । सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश नम्बर दुईमा सत्यनारायण मण्डल र प्रदेश एकमा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ ।

जनवर्गीय संगठनको समन्वयमा टोपबहादुर रायमाझीलाई चयन गरिएको छ ।

सम्बन्धित समाचार