नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्डको निवास खुमलटारमा भएको भेटवार्तामा प्रचण्ड-नेपाल समूहका अन्य नेता पनि सहभागी थिए ।
भेटवार्तामा नेता गौतमले आफू संसद विघटनको विपक्षमा रहेको बताएको खुमलटार स्रोतले जनाएको छ । गौतमले अझै पनि पार्टी एकताको पक्षमा आफू रहेको जानकारी गराएका थिए । दुई टुक्रा भएको नेकपाका सबैजसो शीर्ष नेताले आफ्नो पक्ष प्रष्ट पारिसकेका छन् । तर उपाध्यक्ष बामदेव गौतमले भने आफू कुनै पनि पक्षमा नलाग्ने बताउँदै आएका छन् ।
गौतमलाई आफ्नो पक्षमा पार्न ओली र प्रचण्ड-नेपाल पक्ष र ओली पक्ष दुबैले कोशिस गरिरहेका छन् ।
