नेकपाका दुई समूहबीच झडप भएपछि प्रहरी परिचालन

विभाजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का विभाजित कार्यकर्ताबीच पार्टी कार्यालयभित्रै झडप भएपछि प्रहरी परिचालन गरिएको छ। नेकपाको प्रचण्ड-नेपाल समूहले दिउँसो पार्टी कार्यालयमा राखेको विस्तारित बैठकअघि ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयको प्रवेशद्वारमा ताला लगाएका थिए। लगत्तै, दुवै पक्षबीच झडपको अवस्था आएको हो।

प्रचण्ड-नेपाल समूहले ताला खोलेपछि दुवै समूहका कार्यकर्ताबीच पार्टी कार्यालयमा झडप भएको हो। अहिले पनि दुवै समूहका कार्यकर्ता पार्टी कार्यालय मदन-आश्रित सदनमा रहेका छन्। पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन्।



प्रहरी परिचालनपछि अहिले अवस्था सामान्य रहेको छ।

सम्बन्धित समाचार