प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा जसपाको प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

जसअन्तर्गत पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन, पुस ११ मा मसाल जुलुस र पुस १२ मा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।



पुस ५ मा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै चौतर्फी विरोध शुरु भएको छ ।

सम्बन्धित समाचार