माधव नेपालसँगको भेटमा चिनियाँ टोलीले गर्यो यस्तो आग्रह

नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले नेकपा (प्रचण्ड–नेपाल खेमा) का अध्यक्ष माधवकुमार नेपालसँग पनि वार्ता गरेको छ । खुमलटार पुगेर सो खेमाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग झण्डै दुई घण्टा छलफलमा जुटेपछि चिनियाँ टोली नेपालसँगको भेट गरेको थियो ।

प्रचण्ड र नेपाल दुबैसँगको भेटमा चिनियाँ टोलीले नेकपाको एकतामा जोड दिएको बुझिएको छ । दुबै नेतालाई सो टोलीले नेकपालाई एक बनाउन जोड दिएको थियो ।



यसअघि चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री तथा नेकपा (ओली खेमा) का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेको थियो ।

आइतबार दिउँसो करिब साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको चिनियाँ टोलीले भेटको क्रममा नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।

नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।

सम्बन्धित समाचार